डोटीको कांग्रेस उपसभापतिमा खड्का र जोशी विजयी

डोटी – नेपाली कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा उपसभापति पदमा विजय खड्का र नारायण जोशी विजयी हुनुभएको छ ।

maya metro hospital

खड्काले ६०१ मत प्राप्त गरे भने जोशीले ५६४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी बम कठायतले ३७३ र पदमबहादुर रावतले ३२७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने खड्का क्षेत्रीय सभापति हुन् ।

citizen security services

यसैगरी सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित भएका छन् । खड्काले ४६१ र बलायारले ४३४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

attariya hospital

यस्तै सहसचिवमा छत्र कठायत र गोकर्ण मलासी निर्वाचित भएका छन् । कठायतले ४०१ र मलासीले ३६९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

रासस

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.