बैतडीमा पूर्वराज्यमन्त्री र पूर्वसचेतक पराजित
बैतडी – नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशनका लागी भएको निर्वाचनमा बैतडीबाट पुर्वराज्यमन्त्री नरबहादुर चन्द पराजित भएका छन ।

काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्द महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

कुनै पनि प्यानल नबनाएर चुनाबी मैदानमा होमिएका उनले २४० मत मात्रै पाएका थिए । चुनावमा ५१५ मत ल्याएका कांग्रेसका पुर्व सचेतक विनयध्वज चन्द पनि केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन ।
