दार्चुलामा काँग्रेस जिल्ला कार्यसमितिको मतगणनास्थलमा झडप

दार्चुला – नेपाली कांग्रेस दार्चुलाको जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा झडप भएको छ ।

maya metro hospital

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा जिल्ला सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो ।

citizen security services

झडपमा धामी पक्षका राजेन्द्र बिष्ट, सुरेश बिष्ट र वसन्त बहादुर साउँद लगायतका कार्यकर्ताहरु घाईते भएको बताईएको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

attariya hospital

जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुट्न नसकेपछि बिहीबार निर्वाचन भएको थियो । कूल १ हजार ४२ मतदाता रहेकोमा ९ सय ५६ जनाले मतदान गरेका थिए । मतगणना भने जारी राखेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.