कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने
धनगढी – कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।

जिल्ला अधिवेशन रोकिनुको मुख्य कारण भने आउँदो १६ गते हुन गइरहेको सुदूरपश्चिम प्रदेशको महाधिवेशन कैलालीमा हुने भएकाले त्यसैलाई लक्षित गर्दै स्थगीत गर्नुपरेको नेपाली कांग्रेस जिल्ला सदस्य तथा अधिवेशन प्रचारप्रसार विभाग प्रमुख नृप सुनारले जनाए।

‘अध्यक्षका आकांक्षी धेरै छन्। पहिलो चरणमा निर्वाचित हुने छाँट नदेखिएको र दोस्रो चरणमा मतदान गर्दा त्यसले प्रदेश स्तरीय अधिवेशन तयारीमा असर पर्ने देखिएकाले स्थगित गर्नुपरेको छ,’सुनारले भने,’त्यसैले अहिले ९ बजे बैठक बोलाएका छौ, त्यही घोषणा गर्छौ।’
