धनगढीबाट ५२ क्विन्टन अवैध चिनी बरामद
धनगढी – प्रहरीले धनगढीबाट ५२ क्विन्टल अवैध चिनी बरामद गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका – २ मा बस्ने २१ बर्षिय बिशाल गुप्ताले भाडामा लिई संचालन गरेको पसलबाट अवैध चिनी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्याल्य कैलालीका अनुसार सोही ठाउँका सुरेश मण्डलले भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको ५२ क्विन्टल चिनि तौल गर्दै गरेको अवस्थामा फेला पारेको हो ।

प्रहरीले चिनी सहित बोरा सिलाउने मेसिन तथा डिजिटल तराजु समेत गरी ४ लाख बराबरको सामान बरामद गरेको जनाएको छ ।

बरामद गरिएको सामान सहित दुवै जनालाई पक्राउ गरी भन्सार ऐन बमोजिम कारवाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाईएको प्रहरीले जनाएको छ ।