माओवादीको गोदावरी नगर सम्मेलन आज
अत्तरिया – नेकपा माओवादी केन्द्र गोदावरी नगरको प्रथम नगर सम्मेलन आज हुने भएको छ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तरगत गोदावरीको पहिलो नगर सम्मेलन हुन लागेको हो ।

गोदावरीका १२ वटै वडामा वडा सम्मेलन सम्पन्न गरेको माओवादीले पार्टीका केन्द्रिय सदस्य एबम सुदुरपश्चिम ईन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्यमा नगर सम्मेलन गर्न लागेको हो ।

सम्मेलन दिब्य रोजिन निवासको प्राङ्गणमा बिहान १२ बजे देखि सुरु हुने गोदावरी नगर प्रचारप्रसार समितिले जनाएको छ ।

नगर सम्मेलन सम्पन्न गरेपछि मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि प्रदेश सम्मेलन गर्ने माओवादी केन्द्रको कार्यतालिका रहेको छ ।
