सेती कोरोना अपडेट : ६ संक्रमित थपिए, १ महिलाको मृत्यु 

 

अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६४ नमूनाको कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

यसैबिच पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कोरोना संक्रमित कञ्चनपुरको वेदकोट नगरपालिका – ५ की ३५ बर्षीय महिलाको मृत्यु भएको हो ।

यो संगै हालसम्म सेतीमा उपचाररत कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ ।

attariya hospital

हाल अस्पतालमा ११ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ६ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.