सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

 

अत्तरिया – सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

maya metro hospital

शुक्रबार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ४ सय ९८ जनाको एन्टिजेन परिक्षणमा ५ जना र ९१ जनाको पिसिआर परिक्षणमा २१ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससगै प्रदेशमा कुल संक्रमितको संख्या ४७ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशमा शुक्रबार १२ जना संक्रमित डिस्चार्ज भएका छन ।

attariya hospital

यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ३७ हजार ६ सय ५१ पुगेको छ । शुक्रबार प्रदेशमा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको निर्देशनालयले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.