बैतडीमा सुत्केरीको मृत्यु

बैतडी – बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ ।

maya metro hospital

जिल्लाको डिलाशैनी गाउपालिका – ६ कि २१ वर्षीया पूजा थलालको मृत्यु भएको हो । कार्तिक १ गते सुत्केरी व्यथा लागेर गोकुलेश्वर अस्पताल गएकी उनको समयम उपचार नपाउदा मृत्यु भएको बतार्ईएको छ ।

उपचारकै क्रममा पिसाबमा प्रोटिन देखिदा र प्रेसर बढ्दा स्वास्थ्य अवस्था जटिल बन्दै गएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए । उनलाई थप उपचारको लागि अस्पतालबाट डडेलधुरा रेफर गरिएको थियो ।

attariya hospital

सोही दिन रातिदेखी परेको अविरल वर्षाले बैतडी–डडेल्धुरा सडक ठाउँ–ठाउँमा अवरुद्ध हुँदा उनलाई समयमै अस्पताल पु¥याउन नसकेर बाटोमै मृत्यु भएको उनले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.