एमसीसीमा नेपालकै कानुन लागू हुन्छ : प्रम देउवा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

maya metro hospital

बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँग ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् ।

‘एमसीसी सहयोग परियोजना हो, यो परियोजनामा नेपालकै कानुन अनुसार लागू हुन्छ । अमेरिकी कानुन लागू हुन्छ भन्ने कुरा साँचो होइन’ उनले भने ।

attariya hospital

५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.