राष्ट्रिय महिला लिग खेल्न काठमाण्डौ जाने टिमलाई नगरपालिकाद्धारा बिदाई
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले फुटबल प्रतियोगीता खेल्न काठमाण्डौ जान लागेको महिला फुटबल टिमलाई बिदाई गरेको छ ।
काठमाण्डौमा हुन गईरहेको उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगीता खेल्न गईरहेको महिला फुटबल टिमलाई बिहिबार नगर प्रमुख हरि सिँ साउँद, उपप्रमुख रत्ना कडायत, निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त खत्री लगायतको टिमले बिदाई गरेको हो ।
यसैबिच नगरप्रमुख साउँदले खेलाडीहरुलाई प्रतियोगीतामा विजयी भई नगरको नाम चिनाउन सफल होउन भन्ने कामना गरे । उनले खेललाई लगनशिल र अनुशासित भई खेल्न पनि आग्रह गरे ।
प्रतियोगीता खेल्न २० जना खेलाडी तथा ५ जना अफिसियलको टिम बिहिबार काठमाण्डौ गएको छ ।