वर्षाले पु-याएको क्षतीबारे बुझ्न प्रधानमन्त्री पुगे दिपायल
धनगढी – आईतबार साँझदेखीको वर्षाका कारण सुदूरपश्चिममा भएको क्षतीबारे बुझ्न प्रधानमन्त्री दिपायल पुगेका छन ।
प्रदेशका विभिन्न जिल्लाहरुमा भएको क्षतीको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री सुदूरपश्चिम आएका थिए । सोही सिलसिलामा बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा दिपायल पुगेका हुन ।
प्रधानमन्त्रीको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, अर्थमन्त्री जनार्दन शर्मा तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर समेत सहभागी भएका छन् ।
बेमौषमी वर्षाले गरेको क्षतीको बारेमा प्रधानमन्त्री देउवाले दिपालयमा सुरक्षा प्रमुखहरूसँग जानकारी लिएका छन् । प्रधानमन्त्री सहितको टोलीले कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको हवाई निरिक्षण गर्नेछ ।