सुदूरपश्चिममा बाढी–पहिरोमा परी ३० को मृत्यु, डोटीका मात्रै १५ जना

अत्तरिया – आईतबार साँझदेखी परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परि सुदूरपश्चिममा ३० जनाले ज्यान गुमाएका छन ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी डोटीका रहेका छन । डोटीमा बाढी तथा पहिरोमा परि १५ जनाले ज्यान गुमाएका छन ।

जिल्लाको जोरायल गाउँपालिकामा मात्रै ७ जनाले ज्यान गुमाएका छन । यसैगरी सायल गाउँपालिकामा पनि ज्यान गुमाउनेको संख्या ६ रहेको छ भने शिखर नगरपालिका र बडिकेदार गाउँपालिकामा १/१ जनाले ज्यान गुमाएका छन ।

attariya hospital

यसैगरी डडेल्धुरामा २ जनाले, बैतडीमा ४ जनाले, बझाङमा ८ जनाले र कैलालीमा १ जनाले बाढी तथा पहिरोमा परि ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रदेशमा बाढीपहिरोमा परि १६ जना घाईते भएका छन । घाईते हुनेमा डोटीका ११, डडेल्धुराका २, बैतडीका २ र बझाङका १ जना रहेका छन ।
यसैगरी बाढीपहिरोमा परि बेपत्ता हुनेको संख्या प्रदेशमा २४ रहेको छ । बेपत्ता हुनेमा बझाङका २१ तथा बैतडी, डोटी र कैलालीका १÷१ जना रहेका छन ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रदेशमा पहिरोका कारण १७ वटा घरमा पुर्ण रुपमा क्षती भएको छ । जसमा बझाङका १२, डोटीका ३ र डडेल्धुराका २ रहेका छन ।

बेमौषमी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परि प्रदेशमा ६६ पशुचौपायाको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार मृत्यु हुनेमा भैसी ८, गोरु ५, गाई ५, बाख्रा २६ र २२ वटा कुखुरा रहेका छन । यसैगरी ३२ बंगुर बेपत्ता भएको र ३६ वटा बंगुर फसेको जनाईएको छ ।

विस्तृत विवरण फोटोमा हेर्नुहोस

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.