सुदूरपश्चिममा थपिए १६ संक्रमित

 

अत्तरिया – सुदूरपश्चिममा थप १६ जना कोरोना संक्रमित थपिएका छन ।

maya metro hospital

प्रदेशका विभिन्न प्रयोगशालाहरुमा बुधबार गरिएको ४ सय २७ जनाको एन्टिजेन परिक्षणमा ३ जना र ५२ जनाको पिसिआर परिक्षणमा १३ जना गरी १६ जना संक्रमित थपिएका हुन ।

यससँगै प्रदेशमा कुल संक्रमितको संख्या ४७ हजार ५ सय २१ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यसैगरी प्रदेशमा बुधबार २८ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३७ हजार ६ सय २० पुगेको छ ।

attariya hospital

निर्देशनालयका अनुसार बुधबार प्रदेशका कुनै पनि स्थानमा कोरोना संक्रमितको निधन भएको छैन ।

यसैबिच सोमबार देखी परेको अविरल वर्षाका कारण विद्युत सेवा अवरुद्ध हुदाँ पहाडी जिल्लाको दैनिक रिपोर्ट प्राप्त नभएको निर्देशनालयले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.