कैलालीको सेती अस्पतालमा थपिए ९ जना कोरोना संक्रमित
अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा ९ जना कोरोना संक्रमित थपिएका छन ।
अस्पतालको प्रयोगशालामा बुधबार ४४ जनामा गरिएको पिसिआर परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बुधबार एक जना कोरोना संक्रमित उपचारका लागी भर्ना भएका छन । बुधबार डिस्चार्ज हुनेको संख्या भने शुन्य रहेको छ ।
हालसम्म अस्पतालमा ९ जना कोरोना संक्रमित उपचाररत रहेकामा ६ जनाको आईसियुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।