कर्णाली नदी गाउँ पसेपछि मध्यरातिमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारीयो
धनगढी – कर्णाली नदीको पानी गाउँ पसेपछि कैलालीको टीकापुर क्षेत्रबाट मध्यरातिमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारीएको छ ।
कर्णाली नदीमा पानीको बहाव बढ्न गई टीकापुर नगरपालिका–५ साईपुरस्थित कर्णाली नदीको पानी गाउँमा पसेपछि राति १ बजेतिर ८० घरधुरीलाई सुरक्षित स्थानमा सारीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
वडा नम्बर ८ हुँदै बग्ने मोहना नदी थुनिएपछि चौगुर्दी र अर्नाफाँटाबाट उनीहरुलाई उद्धार गरेर कालिका माध्यमिक विद्यालय कालाकुण्डामा ४० र अन्यलाई उनीहरुको आफन्तको घरमा सारीएको हो ।