कञ्चनपुरको महाकाली टापुमा फसेका ५ जनाको १५ घण्टापछि उद्दार
कञ्चनपुर – कञ्चनपुरमा महाकाली नदीको टापुमा फसेका ५ जनाको उद्दार गरिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका – ९ मुसेट्टिमा फसेका ५ जनाको सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उनीहरुको उद्दार गरेको हो ।
कुखुरा फर्ममा कुरुवा बस्न गएका मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि फसेका थिए । उनीहरु १५ घण्टा रुखमा बसेका थिए ।
प्रतिकुल मौसमका वाबजुद सेनाको टोलीले बेलुका ५ बजे उद्दार गरेका जर्नेल प्रेम शाहीले बताए ।