धनगढीमा सुविधा सम्पन्न प्याराडाईज क्याफे संचालनमा

धनगढी – धनगढीमा सुविधासम्पन्न प्याराडाईज क्याफे संचालनमा आएको छ । एसटिएस सिनेमा हलमा झण्डै ३५ लाखको लगानीमा क्याफे संचालन गरिएको छ ।

maya metro hospital

तत्कालिन आवस्यकतालाई मध्यनजर गर्दै सिनेमा हलमा Go Green, Safe Nature भन्ने मुल उद्देश्यका साथ क्याफे संचालन गरेको क्याफेका संचालक सुनिल यादवले बताए । ‘सिनेमा हलमा फिल्म हेर्नका लागि आउनेहरुको सुविधालाई मध्यनजर गर्दै क्याफेको अवधारणा ल्याएको हो’ उनले भने, ‘हल संचालनको समय बाहेक अन्य समयमा पनि सेवा दिन्छौं ।’

attariya hospital

त्यस्तै यादवले हलको प्राङ्गणमा क्याफे भएतापनि अन्य सेवाग्राहीले पनि जुनसुकै समयमा सेवा लिन सक्ने बताएका छन । क्याफे संचालन भएसंगै पारिवारिक माहोलमा सेवा दिने बताईएको छ ।

क्याफेमा आउने सबै सेवाग्राहीले वातावरणिय आनन्दका साथमा विभिन्न सेवा लिन सक्ने क्याफेका संचालक यादवले बताएका छन । ‘हाम्रो उद्देश्य नाफा कमाउनु मात्र होईन’ उनले भने, ‘गुणस्तरिय सेवा प्रवाह गर्नु नै मुख्य ध्येय हो ।’

क्याफेमा थकाली खाना पाउनुका साथै थारु लगायत विभिन्न संस्कृतीका खानाका परिकार पाईने यादवले बताएका छन । उनका अनुसार हरेक हप्ता फरक फरक स्वादका परिकार पाईनेछन ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.