सेती नदीमा आएको बाढीमा बैतडीको ढुङ्गाडका ६० जना फसे

बैतडी – निरन्तरको अविरल वर्षाका कारण सेती नदिमा आएको बाढीमा बैतडीको ढुङ्गाडका ६० जना फसेका छन । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।

maya metro hospital

सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको वडाध्यक्ष रामबहादुर धामीले बताए । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बाढीले बगाउँदा उद्धारमा कठिनाइ भएको उनले बताए ।

उनले उद्धारका लागी प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताए । उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् ।

attariya hospital

उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएका छन् । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको वडाध्यक्ष धामीले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.