सेती अस्पतालमा ५ जनामा कोरोना संक्रमण पुष्टि
अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार ५८ जनामा गरिएको पिसिआर परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालबाट मंगलबार २ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन भने ३ जना उपचारका लागी भर्ना भएका छन ।
अस्पतालमा हाल ८ जना संक्रमित रहेकामा ४ जनाको आईसियुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।