सुदूरपश्चिममा १२ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु
अत्तरिया – सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार प्रदेशका विभिन्न अस्पतालका प्रयोगशालाहरुमा ३४० जनामा गरिएको एन्टिजेन परिक्षणमा २ जना र ८१ जनामा गरिएको पिसिआर परिक्षणमा १० जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै प्रदेशका संक्रमितको संख्या ४७ हजार ४ सय ९० पुगेको छ । सोमबार २५ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै प्रदेशका कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय ८४ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यसैबिच प्रदेशमा सोमबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ का ६० वर्षिय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडा नं. २ का ६७ वर्षिय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।