दशै मनाउन पहाड गएका बेला धनगढीको एक घरमा चोरी

धनगढी – दशै मनाउन पहाड गएका धनगढीका ईन्द्रबहादुर सिँहको घरमा चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ भगवती टोलमा बस्दै आएका सिंहको घरबाट २० तोला सुनसहित नगद चोरी भएको हो ।

maya metro hospital

दसैँको बेला पुख्र्याैली घर डोटी गएका बेला घरबाट चोरी भएको सिँहले बताए । २५ गते दसैं मान्नका लागि पहाड गएर ३० गते घर फर्किदा २० तोला भन्दा बढी सुनका गहना र दुई लाख बढी चोरी भएको उनले बताए ।

तेक्वान्दो संघ कैलालीका सचिव रहेका सिंहले घरबाट ३ तोला बराबरका छड्के तिलहरी दुई वटा, ३ तोला बराबरकै दुई वटा मंगलसुत्र, ३ तोला बराबरकै दुई वटा हार, २ तोला बराबरको दुई वटा सिक्री, २ तोला बराबरका दुई वटा मंगलसुत्र, ३ तोला बराबरका ६ वटा औंठी, ५० ग्राम बराबरको औंठी लगायतका गरगहना चोरी भएको बताए ।

attariya hospital

घरको मूल ढोकामा लगाएको ताला फुटाएर गरगहना र नगद चोरी भएको भन्दै प्रहरीमा निवेदन आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.