सेतीमा थपिए ७ संक्रमित, २ को मृत्यु
अत्तरिया – कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा ७ जना कोरोना संक्रमित थपिएका छन ।
सोमबार अस्पतालको प्रयोगशालमा ६५ जनामा गरिएको पिसिआर परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन भने ३ जना अस्पताल भर्ना भएका छन ।
अस्पतालमा हाल ७ जना विरामी उपचाररत रहेकोमा ६ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको श्रेष्ठले बताए ।
यसैबिच अस्पतालमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुचना अधिकारी श्रेष्ठका अनुसार मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ का ६० वर्षिय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडा नं. २ का ६७ वर्षिय पुरुष रहेका छन ।