बैतडीमा लेन्थवर्करहरुले अझै तलब पाएनन्

बैतडी – सहमती कार्यान्वयन नहुँदा बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूले २४ महिनासम्मको तलब पाएका छैनन ।

maya metro hospital

गत असारमा २१ महिनासम्मको तलब नपाएको भन्दै २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पु-याएर तलब दिने विषयमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन ।

अनसनपछि प्रक्रिया पु-याएर पारिश्रमिक दिने भनि जिल्लास्थित सरोकारवाला निकायका प्रमुखहरूसँग सहमति भएको थियो ।

attariya hospital

सहमतिपत्रमा तलब खुवाउनका लागि पहल गर्नेदेखि उनीहरूलाई निरन्तर काममा लगाउने लगायतका बुँदाहरू समावेश गरिएकाछन् ।
तर सहमती कार्यान्वयन हुन नसक्दा दशैको मुखमा पनि लेन्थवर्करहरुले तलब पाउन नसकेका हुन ।

आफुहरूले तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताए । आफूहरूको मागप्रति सरकारले वास्ता नगरेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् ।

विगतदेखी नै काम गर्दै आईरहेका आफुहरुले सडक संघीय सरकारबाट प्रदेश सरकार मातहत आयो भन्ने सुन्दा देखी तलब नपाएको उनले बताईन । तलब नपाएको विषयमा अनसन बस्ने मात्रै नभई सरोकारबाला सबैलाई जानकारी गराउदा पनि सुनुवाई हुन नसकेको उनले बताईन ।

विगतमा संघीय सरकार मातहत रहेको पाटन–पञ्चेस्वर ३५ किलोमिटर सडक प्रदेश सरकार मातहत आएसंगै लेन्थवर्करले तलब पाउन छाडेका हुन् । उनीहरू आन्दोलनका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्न धनगढी पुगेका थिए । प्रदेश सरकारबाट समेत प्रक्रिया पूरा गरेर तलब खुवाउने आश्वासन पाएका थिए ।

अहिले पाटन–पञ्चेस्वर सडक स्तरोन्नतीको क्रममा रहेकाले ग्वाल्लेक निर्माण सेवा मातहत काम गर्ने व्यवस्था मिलाइएको छ । गत १५ साउनदेखि ठेकेदार मातहत काम गरेको भए पनि हालसम्म ३ महिना बढी हुँदा सम्म लेन्थवर्करहरुले तलब भने पाएका छैनन् ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.