बैतडीमा शनिबार बिहान भेटिएको शव भारतिय नागरिकको
बैतडी – बैतडीमा शनिबार बिहान भेटिएको शव भारतिय नागरिकको भएको खुलेको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका – १० तिरखडेनीस्थित महाकाली नदी किनारमा शनिबार बिहान फेला परेको शव भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्यालाको रहेको प्रहरीले जनाएको छ ।
मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ ।
शवको परीक्षण पनि भारतमै गरिने भएको छ । ज्याला शुक्रबार भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा महाकालीमा बेपत्ता भएका बताइएको छ ।
सम्बन्धित समाचार