दशैको अवधीमा सवारी दुर्घटनामा सुदूरपश्चिममा ९ जनाले ज्यान गुमाए

बैतडी – सवारी दुर्घटनामा परी सुदूरपश्चिममा दशैको अवधीमा नौ जनाले ज्यान गुमाएका छन ।

maya metro hospital

असोज २१ गते घटस्थापनादेखि विजयादशमीको दिनसम्म प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा नौ जनाले ज्यान गुमाएका हुन ।

दुर्घटनामा परेर १७ जना गम्भीर र ६ जना सामान्य घाइते भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

attariya hospital

सो अवधिमा प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ११ छन् । यस्तै जीप÷कार दुई ट्याक्टर र एक बस एक छन् ।

चाडपर्वका समयमा आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

साना सवारी चालकले लापरवाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, सडक साघुँरो र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए ।

उनले भने, ‘चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ ।’

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.