नेकपा एसको कैलाली इञ्चार्जसहित सुदूरपश्चिम उपसचिवको जिम्मेवारी मन्त्री दीर्घ सोडारीलाई
धनगढी – नेकपा (एकिकृत समाजवादी) पार्टीको कैलाली ईन्चार्ज तथा सुदूरपश्चिम उपसचिवमा मन्त्री दिर्घ सोडारी चयन भएका छन ।
पार्टीको स्थायी कमिटीको सातौं बैठकले सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा विकासमन्त्री सोडारीलाई कैलाली जिल्लाको इञ्चार्जसंगै प्रदेश कमिटीमा उपसचिवको जिम्मेवारी दिएको हो ।
उनी नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमको संसदीय दलको नेता पनि हुन् ।
यस्तै एकीकृत समाजवादीले दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकेको छ ।
यस्तै डोटीमा हर्कबहादुर सिंह (प्रदेश कमिटी उपाध्यक्ष समेत), बझाङमा दिलबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर (प्रदेश कमिटी उपाध्यक्ष समेत) र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ ।