धनगढीमा प्रधानमन्त्रीका भाई नाता पर्नेका घरमा चोरी

धनगढी – प्रधानमन्त्री शेर बहादुर देउवाका भाई नाता पर्ने एक जनाका घरमा चोरी भएको छ ।

maya metro hospital

कैलालीको धनगढी उपमहानगपालिका वडा नम्बर २ सन्तोषीटोलका स्थानीय एवम् प्रधानमन्त्रीका भाई नाता पर्ने भरतबहादुर देउवाको घरमा चोरी भएको हो ।

घरबाट तीन तोला सुनका गहना चोरी भएको उनले बताए । छिमेकी आफन्तको घरमा दसैंको टीका लगाउन गएको समयमा चोरी भएको प्रहरीले जनाएको छ ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले छिमेकी आफन्तका घरमा टिका लगाउन गएको समयमा २० मिनेट घर खाली भएको र सोही अवधीमा चोरी भएको हुन सक्ने बताए । उनले चोरको खोजीका लागि प्रहरी परिचालन भइसकेको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.