बैतडीका विभिन्न मन्दिरमा अष्टमीका दिन ४ सय २४ राँगाको बलि

धनगढी – बडादशै अन्र्तगत अष्टमीका दिन बैतडीका विभिन्न मन्दिरहरुमा ४ सय २४ राँगाको बलि चढाइएको छ ।

maya metro hospital

सबैभन्दा बढी बली चढाईने बैतडीको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौंमा अष्टमीका दिन ३ सय ३० राँगाको बली चढाईएको हो भने मेलौलीमा ९५ राँगाको बलि चढाइएको छ ।

राँगा सँगै ३ सय भन्दा बढी बोकाहरुको पनि बली चढाईएको स्थानियहरुले बताएका छन । यो सँगै प्रत्येक वर्ष असोज अष्टमीका दिन लाग्ने मेला बुधवार सम्पन्न भएको छ ।

attariya hospital

सुदूरपश्चिमकै सबैभन्दा बढी बलि दिइने निंगलाशैनी भगवतीको मन्दिरमा मेला हेर्नका लागि बैतडीसहित प्रदेशका विभिन्न जिल्लाहरु सँगै भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.