गुहेस्वरी माबिलाइ ४ लाख बराबर का कम्प्युटर सहयोग
अत्तरिया – कैलालिको गोदावरी नगरपालिकामा रहेको गुहेस्वरी माध्यमिक बिधालय लाई कम्प्युटर सहयोग गरिएको छ ।
एल आर आइ स्कुल काठमान्डौ का संस्थापक अध्यक्ष शिवराज पन्तले स्कुल लाई करिव ४ लाख बराबर का कम्प्युटर सेट सहयोग गरेका हुन ।
सहयोग गरिएका कम्प्युटर सेट मंगलबार नेकपा एमाले का सुदुरपस्चिम प्रदेश इन्चार्ज तथा पुर्व वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट ले बिधालयका अध्यक्ष छविन्द्र नाथ, प्रधानाध्यापक मान बहादुर खड्का र शिक्षक कबिराज भट्ट लाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
सामग्री ग्रहण गर्दै बिधालयका अध्यक्ष छबिन्द्र नाथ योगिले सहयोग गरिएको सामग्रीबाट बिद्यार्थीहरुले केही नया कुरा सिक्ने अवसर पाउने बताए ।
उनले मानव जीवन मा अनिवार्य जस्तै बनिसकेको कम्प्युटर शिक्षाले बिद्यार्थी हरुलाइ आधुनिक प्रविधी संग जोड्न मद्द्त गर्ने समेत बताए । यसका साथै उनले सामग्री प्रदान गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।