बाजुरामा पहिरो खस्दा कणाली नदी थुनियो
धनगढी – बाजुरामा सुख्खा पहिरो खस्दा कर्णाली नदी थुनिएको छ ।
जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. २ र स्वामिकार्तिक गाउँपालिका वडा नं. १ मा पहिरो खस्दा नदी थुनिएको हो । नदी थुनिएर एक किलोमिटर ड्याम बनेको बताईएको छ । पहिरो खस्ने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोले नदी थुनिदाँ नदी आसपासका स्थानिय त्रसित भएका छन । नदी थुनिएर ताल बनेपछि उक्त ताल फुटेर क्षति हुने डरले त्यस क्षेत्रको नजिकै रहेको प्रहरी चौकीका सामानहरु पनि सार्न थालिएको वडा नम्बर २ का अध्यक्ष कर्ण बहादुर बिष्टले बताए ।
बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको छ ।