ओलानीमा रहेको मोहना सिँचाई आयोजनाको अध्यक्षमा बडैला
अत्तरिया – कैलालीको ओलानीमा सञ्चालीत मोहना सिँचाई आयोजना निर्माण समिति अध्यक्षमा पुनः प्रेम बहादुर बडैला निर्वाचित भएका छन ।
यसअघि पनि समितिका अध्यक्ष रहेका बडैला सोमबार भएको निर्वाचनबाट प्रतिद्धन्द्धी गंगाराम कामीलाई ३४ मत अन्तरले पराजित गर्दै पुनः अध्यक्षमा निर्वाचित भएका हुन ।
१ सय १६ मतदाता रहेको उक्त आयोजनाको निर्वाचनमा जम्मा १ सय १२ मत खसेको थियो । जसमध्ये २ जनाको मृत्यु भैसकेको र २ जना अनुपस्थित रहेको बताईएको छ । आयोजना निर्माण समितिमा ४ पदका लागी भएको निर्वाचनमा बडैलाको टिम नै विजयी बनेको हो ।
बडैलाले जम्मा खसेको मत मध्ये ७० मत प्राप्त गरेका थिए भने कामीले ३६ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा बडैला टिमबाट कुमारी गिता धामी विजयी भएकी छन । उनले ६८ मत प्राप्त गरेकी थिईन भने उनका प्रतिद्धन्द्धी हरि कामीले ३९ मत प्राप्त गरेका थिए । यस्तै सचिवमा पनि बडैला टिमबाट नवराज जोशी विजयी भएका छन ।
जोशीले ६८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी चक्र खड्काले ४२ मत प्राप्त गरेका थिए । यसैगरी कोषाध्यक्षमा पनि बडैला टिमका नरेश खत्री विजयी भएका छन । उनले ६९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी भिम बहादुर बि.क ले ३८ मत प्राप्त गरेका थिए । आयोजना निर्माणको लागी गठित १९ जनाको समिति मध्ये ४ जनाका लागी मात्रै निर्वाचन भएको थियो ।
उक्त आयोजनाले गोदावरी नगरपालिका वडा नं. १०, ११ र १२ का साथै कृष्णपुर नगरपालिका वडा नं. ४ र ५ का केही क्षेत्रहरुलाई पनि समेटेको छ । उक्त वडाका स्थानियहरुलाई सिँचाईमा सहजता प्रदान गर्न आयोजना सञ्चालन गरिएको हो ।