युवाहरु बिच सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट
अत्तरिया – युवाहरुका सवालको जवाफ दिन सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट पहिलो पटक युवाहरुमाझ उपस्थित भएका छन ।
सुदुरपश्चिम प्रदेशको प्रदेश युवा परिषदले आयोजना गरेको “मुख्यमन्त्री सँग युवा अन्तरक्रिया” बिषयक कार्यक्रममा मुख्यमन्त्री भट्टले युवाहरुका विभिन्न जिज्ञासा् एबम सवालहरुको जवाफ दिएका थिए ।
युवाको क्षेत्रमा निकै उदाशिन मानिदै आएको प्रदेश सरकारलाई सहभागी युवाहरुले निकै चोटिला प्रश्नहरु सोधेका थिए । सहभागी युवाहरुका सवालको जवाफ दिदै मुख्यमन्त्री भट्टले युवा उद्यम र युवा स्वरोजगारका क्षेत्रमा केही काम गरिरहेको बताए । उनले विगतका दिनहरुमा अझै नयाँ र युवा लक्षित कार्यक्रमहरु प्रदेश सरकारले अघि सार्ने समेत बताए ।
कार्यक्रमको सभापतित्व परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका करिब १ सय बढी युवाहरुको सहभागीता रहेको थियो ।