सेतीमा थपिए १८ संक्रमित, १ को मृत्यु
अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा थप १८ जनामा कोरोना संक्रमित थपिएका छन ।


सोमबार ६९ जनामा गरिएको पिसिआर परिक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा सोमबार थप १ जना कोरोना संक्रमित उपचारका लागी भर्ना भएका छन ।

हाल अस्पतालमा ६ जना विरामी उपचाररत रहेकामा ५ जनाको आईसियुमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।

यसैगरी अस्पतालमा सोमबार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ९ की ८० वर्षिय महिला रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।