अछाम जिप दुर्घटनाका घाइतेको पहिचान खुल्यो

अछाम – अछाम मा जन्ती बोकेको जिप दुर्घटना हुदा घाइते भएका १४ जना को पहिचान खुलेको छ।

maya metro hospital

जिल्लाको पन्चलदेवल बिनायक नगरपालिका – १ कुइकामा से १ च १७६३ नम्बर को जिप दुर्घटना हुदा घाइते भएका सबैको  पहिचान खुलेको हो ।

घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ।

attariya hospital

अन्य घाइते मध्य जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्।

यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट पनि घाइते भएको प्रहरी ले जनाएको छ ।

उनीहरुमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.