दशैको लागी दार्चुला बजारमा आउन थाले खसीबोका

दार्चुला – जिल्लाका ग्रामीण भेगबाट दसैंका लागि बजारक्षेत्रमा खसीबोकाहरु आउन थालेका छन ।

maya metro hospital

दसैं सुरु भएदेखि नै पडाही क्षेत्रका स्थानियहरुले खसीबोका लिएर जिल्लाका बजार क्षेत्रमा बिक्री गर्ने गर्दछन । सोही सिलसिलामा जिल्लाको महाकाली नगरपालिका–६ निसिल क्षेत्रबाट पनि खसीबोकाहरु सदरमुकाम खलंगा पुगेका छन ।

‘७ हजारदेखि १२ हजार मूल्य बराबरका खसीबोका बिक्री गर्न बजारमा आएको छु’ स्थानीय जयसिंह बोहराले भने ‘३/४ महिनादेखि ८ महिनासम्म पालेका खसीबोका बिक्रीमा छन । दैनिक ५÷७ वटा बिक्री भइरहेका छन ।’ ७ वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका बोहराले खसीबोका बिक्रीबाट जीवनयापन गर्दै आएको बताए ।

attariya hospital

ग्रामीण क्षेत्रका बासिन्दा आफूले पालेका खसीबोका बिक्री गरेर दसैं खर्च जोहो गर्न लागेका छन । यतिबेला सदरमुकाम खलंगा, गोकुलेश्वर, लटिनाथलगायत बजार क्षेत्रमा चाडपर्वका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल बढिरहेको छ ।

गाउँमै राम्रो कारोबार हुने भए पनि कोही व्यवसायी राम्रो फाइदा हुने भन्दै सहर बजारतिर खसीबोका लिएर ओर्लने गर्छन । ‘विगतदेखि नै व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएको छु,’ नौगाड गाउँपालिका–३ खारका रमेश ठगुन्नाले भने, ‘यसअघिका दसैंमा ८÷१० खसीबोका बिक्री गर्थे । यसपालि बढी बिक्री गर्ने लक्ष्य छ । खसीबोका बिक्रीबाट प्राप्त रकमले दसैं मनाउँदै आएको छु ।’

आफूले व्यावसायिक रूपमा धेरै बाख्रापालन नगर्ने र सानोतिनो घर खर्च चलाउनका लागि मात्र परम्परागत रूपमा बाख्रापालन गरिरहेको ठगुन्नाले बताए । उनीहरूको समूहले खलंगामा बिक्रीका लागि करिब २० खसीबोका ल्याएका थिए । ग्राहक मिले एक दिनमा बिक्री हुने र नमिले अन्तिममा मासु बिक्रेतालाई बिक्री गर्ने सोचले सदरमुकाम झरेको ठगुन्नाले बताए ।

जिल्लाका ब्यास, नौगाड, अपीहिमाल र मार्मा गाउँपालिकामा अन्य ठाउँको तुलनामा बढी भेडा बाख्रापालन हुने भएकाले अन्य ठाउँबाट यहाँ आएर मानिसहरू खसी, बोका र भेडाबाख्राहरू संकलन गर्छन । व्यावसायिक रूपमा बाख्रापालन गर्ने र परम्परागत रूपमा भेडाबाख्रा पाल्दै आएका किसानहरूको मूल्यमा भिन्नता हुने गरेको छ । चरन क्षेत्र बढी भएका ठाउँहरूमा व्यावसायिक रूपमा भेडाबाख्रा पाल्ने किसानहरू बढ्दै गएका छन । ठाउँअनुसार खसीबोकाको मूल्यमा पनि अन्तर हुने गरेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.