‘पार्टीलाई खरानी बनाउँछु भन्नेलाई महाधिवेशनमा तह लगाउनुपर्छ : कांग्रेस नेता भण्डारी
अत्तरिया – नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले कांग्रेसलाई खरानी बनाउँछु भन्नेलाई आउँदो महाधिवेशनमा तह लगाउनुपर्ने बताएका छन ।

कांग्रेसको गोदावरी – ५ वडासमितिले आयोजना गरेको दशैतिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । ‘जिम्मेवार नेतृत्वले कांग्रेसलाई खरानी बनाउछु भन्दै हिड्नुभाछ’ उनले भने ‘अव तपाईहरुको जिम्मा छ, खरानी बन्ने की खरानी बन्नबाट बच्ने ।’

उनले पार्टीलाई खरानी बनाउन लागीपर्नेका पछि नलाग्न आग्रह गरे । उनले पार्टीका लागी संघर्ष गर्ने व्यक्तिलाई मात्रै पार्टीप्रति चिन्ता रहने बताए । ‘हिजोका दिनसम्म भाट जि अलग थिए, म अलग बाटोमा थिए’ उनले भने ‘तर हाम्रो भेट कानिर भयो भन्दाखेरी जब पार्टी संकटमा प¥यो तब हाम्रो भेट भयो ।’

उनले पार्टी संकटमा पर्दाखेरी पार्टीका लागी त्याग र संघर्ष गरेका व्यक्तिहरुलाई नै चिन्ता हुने बताए । ‘पार्टीका लागी दुख उठाएका, पार्टीको भविष्य प्रति चिन्ता भएका मान्छे एक ठाउँमा हुँदा रैछन’ उनले भने ‘त्यो जिम्मेवारीले नै भाट जि र मलाई एक ठाउँमा उभ्याएको छ, हामी दुवै जना त्यो जिम्मेवारी निर्वाह गर्नका लागी प्रयासरत छौ ।’
उनले पार्टीलाई एक ढिक्का बनाई ईमान्दारीता र सहनशिलताका साथ सबै एक ठाउँमा उभिन आग्रह गरे । ‘अहिले हाम्रो आन्तरिक लडाई हो’ उनले भने ‘तर भोलीको दिनमा हाम्रो लडाई अन्य विभिन्न पार्टीका प्रतिनिधिहरुसँग हुनेछ, त्यस्तो अवस्थामा पार्टीलाई बलियो बनाउन अहिलेदेखी नै हामीहरुले अग्रसर हुन जरुरी छ ।’
आफुहरु सत्यताको लडाईमा रहेको बताउँदै उनले अन्त्यमा जित सत्यको नै हुने दावी गरे ।
यसैगरी कार्यक्रममा बोल्दै पुर्वबनराज्य मन्त्री दिर्घराज भाटले आफुले कांग्रेसका लागी जिवन त्यागे पनि आफुलाई विभिन्न आरोपहरु लगाईएको बताए । उनले आफु राजनितिको उत्तरार्धमा रहेको र कसैलाई पनि आरोप प्रत्यारोप लगाउने पक्षमा नरहेको बताए । उनले हिजोका दिन पार्टीप्रति अन्तरघात भयो या भएन भन्ने कुरा मात्रै जनतालाई जानकारी गराएको बताए ।
‘हिजोका दिनमा पार्टीप्रती अन्तरघात गरी अन्य पार्टीका लागी भोट माग्ने व्यक्तिहरुलाई चिन्न मैले पार्टी प्रति आस्थावान व्यक्ति प्रति आग्रह गरेको हु’ उनले भने ‘मैले कसैलाई व्यक्तिगत रुपमा भोट दिन हुदैन, कसैका पछि लाग्न हुदैन भनेर भनेको छैन ।’
उनले स्थानिय तहको निर्वाचनमा पार्टीलाई खुलेर अन्र्तघात गर्नेका विरुद्धमा आफु रहेको र आफु कुनै पनि हालतमा पछाडी नहट्ने बताए । उनले स्थानिय तहको निर्वाचनमा हामीबाट गल्ती भएको हो भन्दै साथीहरु सच्चिएर आए भने अझै पनि समय रहेको बताए ।
गोदावरी नगरपालिका वडा नं. ५ का वडासभापति पुस्कर विष्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका पुर्व केन्द्रिय सदस्य भण्डारी रहेका थिए भने विशिष्ठ अतिथिमा पुर्व बनराज्य मन्त्री भाट र प्रदेश सभाका उम्मेदवार यज्ञराज चौधरी रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभाका उम्मेदवार तुलसी देवकोटा, गोदावरी नगरपालिकाका मेयर पदका उम्मेदवार विरेन्द्र भट्ट, उपमेयरका उम्मेदवार भगवती पाठक, महाधिवेशन प्रतिनिधि गोपाल देउवा, कांग्रेस नेता गोपाल दत्त भट्ट, जिल्ला सदस्य बसन्त रोकाया लगायतका विभिन्न नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।