जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन

अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन गरिएको छ । शनिबार न्यायाधिवत्ता तथा वकिलहरुको टोलीले हिरासत कक्ष र अपराध अनुसन्धान शाखाको अनुगमन गरेको हो ।

maya metro hospital

महान्यायधिवक्ताको कार्यालय काठमाण्डौँका सह–न्यायधिवक्ता हरी प्रसाद जोशी, उप–न्यायधिवक्ता यम बहादुर बानिया र जिल्ला सरकारी वकिल कार्यालय कैलालीका जिल्ला न्यायधिवक्ता राजेन्द्र सिंह भण्डारी समेतको टोलीले हिरासत कक्षमा रहेका थुनुवाहरुले कानुन सम्बत तरिकाले सेवा पाए नपाएको बारेमा अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएका छन ।

टोलीमा जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, प्रहरी नायब उपरीक्षक बिष्ट, अपराध अनुसनधानका शाखा प्रमुख प्रहरी निरीक्षक प्रेम सिंह खड्का तथा हिरासत व्यवस्थापनका अधिकृत लगायतको सहभागिता रहेको थियो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.