आइसोलेसनमा उपचारर कोरोना संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु
सल्यान – जिल्लामा कोरोना संक्रमित एक महिलाले स्वस्थ शिशु जन्माएकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसेकी महिलाले स्वस्थ बच्चा जन्माएकी हुन ।


रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–६ की २१ वर्षीया कोरोना संक्रमित सुजाता ओलीले स्वस्थ शिशु जन्माएको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए ।

साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ देखिएपछि २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएको उनको भनाई छ ।

अहिले आमा र शिशुको अवस्था सामान्य रहेको र दुवैलाई होम आइसोलेसनमा पठाइएको उनले बताए ।