नगरप्रमुख शाक्यले गरे ५१ औँ पटक रक्तदान
काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गरेका छन । आज वडा २१ लगन नाय्पाचोमा रहेको श्री गणेश युवा क्लव आयोजना गरेको कार्यक्रममा उनले ५१ औं पटक रक्तदान गरेका हुन ।
रक्तदानपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले महामारीबा बेला अरु काम हुन नसके पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर रक्तदान कार्यक्रम नियमित गर्नुपर्ने बताए । उनले रक्तदान गर्नु पुन्यको काम भएको बताए ।
मेयर शाक्य संगै अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझाले पनि रगत दान गरेका थिए ।