जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ
बर्दिया – बर्दियामा २२ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
मधुवन नगरपालिका–६ बस्ने २८ वर्षीय शंकर सुनारलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।