पाराओलम्पीक कमिटीका सुदूरपश्चिम अध्यक्ष स्वाँरद्धारा जन्मदिनको अवसरमा मास्क वितरण

महेन्द्रनगर – नेपाल पाराओलम्पीक कमिटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दिर्घकुमार स्वाँरले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका सरकारी कार्यालयका सेवाग्राहीलाई मास्क वितरण गरेका छन । शुक्रबार परेको ४४ औ जन्मोत्सवको उपलक्षमा अध्यक्ष स्वाँरले कञ्चनपुर जिल्लाका बढि भिडभाड हुने सरकारी कार्यालयका सेवाग्राहीलाई कार्यालय मार्फत मास्क वितरण गरेका हुन ।

maya metro hospital

भीमदत्त नगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीका लागि भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, महाकाली प्रादेशिक अस्पतालमा आउने सेवाग्राहीका लागि अस्पताल व्यवस्थापन समितीका सदस्य हरीराम चौधरीलाई ५ सय, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कार्यालयका सेवाग्राहीका लागि कार्यालय प्रमुख डा. पानसिह ठगुन्नालाई ३ सय, जिल्ला ट्राफिक कार्यालयका सेवाग्राहीलाई निमित्त प्रमुख भानदेव जोशीलाई ५ सय, वडा प्रहरी कार्यालय महेन्द्रनगरमा आउने सेवाग्राहीकालागि कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अमर बहादर माझी ५ सय, सेती महाकाली यातायाता कार्यालयमा सेवा लिन आउने सेवाग्राहीकालगि कार्यालयका प्रमुख विनोद कुमार मालीलाई ३ सय मास्क स्वाँरले प्रदान गरेका छन ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.