कामना सेवा विकास बैंकद्धारा अत्तरियामा मास्क वितरण

अत्तरिया – कैलालीको अत्तरियामा रहेको कामना सेवा विकास बैंकले मास्क वितरण गरेको छ ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सञ्चालन गरेको ‘तपाईको मास्क खै’ अभियान मार्फत बैंकले शुक्रबार अत्तरिया बजारका विभिन्न स्थानमा मास्क वितरण गरेको हो ।

बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत मास्क वितरण गरिएको बैंकका अत्तरिया शाखा प्रमुख हर्ष राज भण्डारीले बताए । कोरोनाको संक्रमण दिनप्रतिदिन बढीरहेको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउन स्थानियलाई अभिप्रेरित गर्न कार्यक्रमले मद्दत पु¥याउने उनले बताए ।

attariya hospital

कोरोनाको जोखिम कम गर्न र कोरोनाको संक्रमणदर कम गर्न अनिवार्य रुपमा मास्क लगाउनुपर्ने उनले बताए ।

उनले मानिसको बढी भिड हुने अत्तरिया बसपार्क, चौराहा लगायतका स्थानमा मास्क नलगाएका व्यक्तिहरुलाई करिब एक हजार वटा मास्क वितरण गरिएको बताए । मास्क वितरण कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै ट्राफिक प्रहरीहरुको पनि सहभागीता रहेको थियो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.