सेतीमा गरिएको कोरोना परिक्षणमा २७ संक्रमित थपिए
अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २७ संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ९७ नमूनाको कोरोना परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबार सार्वजनिक गरिएको कोरोना अपडेट अनुसार पछिल्लो २४ घण्टामा २ जना अस्पतालबाट डिस्चार्ज भएका छन । उनीहरुले कोरोना जितेपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।
उनका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन । यो संगै अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या २८ पुगेको छ । जसमध्ये ४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।