आज अन्तराष्ट्रिय युवा दिवस मनाईदैं, दिवसको अवसरमा धनगढीमा बृहत रक्तदान 

 

अत्तरिया – आज अन्तराष्ट्रिय युवा दिवस शुदूरपश्चिम प्रदेश सहित देशैभरी बिभिन्न कार्यक्रम गरि मनाईदैछ । नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

maya metro hospital

नेपालमा युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको भए पनि अहिले सरकारले आफैले दिवस मनाउन थालेको छ ।

दिवस मनाए पनि युवाको बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरिय शिक्षा जस्ता क्षेत्रमा काम हुन सकेको देखिँदैन ।

attariya hospital

युवाका मुद्दालाई सम्बोधन गर्नका लागि नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ । यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइ जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यसैबिच दिबसको अबसरमा आज सुदूरपश्चिम प्रदेश युवा परिषदले धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रम धनगढीको चौलानी डिपारमेन्टल स्टोरको पार्किङ स्थानमा भईरहेको जनाईएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.