अत्तरियामा छोडिएका छाडा गाईगोरुको घाटीमा रिफ्लेक्टर बाध्न सुरु

अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रका छाडा गाईगोरुको घाटीमा रिफ्लेक्टर स्टिकर (रातिमा चम्कीने फित्ता) बाध्न सुरु गरिएको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अत्तरिया उद्योग बाणिज्य संघ संगको सहकार्यमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले छाडा गाईगोरुको घाटीमा रिफ्लेक्टर स्टिकर बाध्न सुरु गरेको हो ।

maya metro hospital

सो कार्य अन्तगरग बुधबार अत्तरिया बसपार्कमा रहेका करिब २ दर्जन छाडा गाइगोरुको घाटीमा रिफ्लेक्टर स्टिकर बाधिएको छ ।

उक्त कार्यक्रममा सहभागि प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रमुख बामदेव गौतमले राजमार्ग क्षेत्रमा छोडिएका छाडा गाईगोरुका कारण बढी दुर्घटना हुने भएकाले त्यसको न्युनिकरणमा सहयोग पुगोस भनेर रिफ्लेक्टर बाध्न सुरु गरिएको बताए ।

attariya hospital

उनले रिफ्लेक्टर स्टिकर रातिको समयमा लाईट पर्दा चम्किने भएकाले सवारी चालकले सडकमा छाडा गाईगोरु देख्न सहज हुने बताए ।

‘छाडा गाईगोरु सडकमा बसेको कारण बढी दुर्घटना भएका छन’ उनले भने ‘जसले गर्दा गाईगोरुको पनि ज्यान गएको छ, भने सवारी दुर्घटना भएर मानिस पनि घाईते हुने, मृत्यु हुने भएकाले रातीको समयमा सडकमा छोडिएका गाइगोरु देख्न सजिलो होस भनेर रिफ्लेक्टर स्टिकर टासिएको छ ।’ उनले रिफ्लेक्टर स्टिकर बाधेपछि दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताए । उनले करिब ५ सय रिफ्लेक्टर स्टिकर बाध्न लक्ष्य रहेको बताए ।

रिफ्लेक्टर स्टिकर बाध्न सहकार्य गरेको अत्तरिया उद्योग बाणिज्य संघ अध्यक्ष अशोक राज देवकोटाले गोदावरी नगरपालिका भित्र रहेका छाडा गाईगोरुको व्यवस्थापन हुन नसकेको अवस्थामा दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस भनेर रिफ्लेक्टर स्टिकर टास्न प्रहरी संग सहकार्य गरिएको बताए ।

उनले छाडा गाईगोरुको व्यवस्थापना स्थानिय तह उदासिन हुँदा समस्या झन विकराल बन्दै गएको बताए । ‘गोदावरी नगरपालिका संग छाडा गाईगोरुको उचित व्यवस्थापन गर्न पटक पटक आग्रह ग¥र्यौ तर सुनुवाई भएको छैन’ उनले भने ‘छाडा गाईगारुका कारण दुर्घटना न्यूनिकरण होस भनेर अत्तरिया उद्योग बाणिज्य संघले ट्राफिक प्रहरी संग सहकार्य गरेको हो ।’

अत्तरिया बजार क्षेत्रमा छाडा गाईगोरुका कारण सवारी दुर्घटना बढेका छन भने सवारी आवागमनमा पनि असहज हुने गरेको छ । सडकमा छोडिएका छाडा गाईगोरु दुर्घटनामा परेर मर्ने संख्या पनि बढ्दै गएको छ ।

प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७७/०७८ मा मात्रै सवारी दुर्घटनामा १७ पशु चौपाया मरेका छन । भने सो अवधिमा १ पशुचौपाया घाइते भएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.