मनसुनी न्यून चापीय रेखा तराई नजिक पुग्यो

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

maya metro hospital

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू– भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

attariya hospital

बिहीबार देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.