अत्तरियामा ३ सय जना अट्ने क्षमताको योगा हल निर्माण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा पतञ्जली योग हल भवनको निर्माण कार्य सम्पन्न भएको छ । करिब ३ सय जना अट्ने क्षमता रहेको उक्त हलको निर्माण कार्य सम्पन्न भएको हो ।

maya metro hospital

सहरी विकास आयोजनाको २३ लाख, गोदावरी नगरपालिकाको ४० लाख र उपभोत्ता समितिको ९ लाख ७३ हजार ३ सय ५ रुपैयाँको लागतमा योग हलको निर्माण गरिएको पतजंली योग समिति अत्तरियाका अध्यक्ष दुर्गा प्रसाईले बताएका छन ।

उनले हलको भवन निर्माणको काम सकिएपनि व्यवस्थापकिय पक्ष भने बाँकी रहेको बताए । ‘हल भवनको निर्माण कार्य सम्पन्न भएको छ’ उनले भने ‘गेट निर्माण, भवन अगाडी आगमा भरान गर्ने लगायतका काम बाँकी छन ।’

attariya hospital

भवन निर्माण सम्पन्न भएपनि हलमा बस्नका लागि फर्निचरको भने अझै व्यवस्थापन हुन नसकेको अध्यक्ष प्रसाईले बताएका छन । ‘भवन निर्माणको काम सकियो । बाँकी कामका लागि अहिले आर्थिक अभाव भएको छ’ उनले भने ‘पुरानो हलका ५०/६० जती कुर्सी मात्रै छन । बाँकी फनिर्चरको व्यवस्थापन गर्न सके हललाई औपचारीक रुपमा सुरु गर्ने सोच बनाएका छौ ।’

उक्त हल पतञ्जली योग समिति मार्फत संचालन गरिने र हल निश्चित शुल्क तिरेर जसले पनि प्रयोग गर्न सक्ने जनाईएको छ । ‘यो सार्वजनिक हल हो यसमा जसले जसरी मिटिङ कार्यक्रम गर्न सक्छन’ समितिका अध्यक्ष प्रसाईले भने ‘योग समितिले आफ्नो कार्यक्रम बिहान ४ देखि ६बजे  सम्म मात्र संचालन हुन्छ । बाँकी समय हल खाली हुन्छ ।’

१ सय फुट लम्बाई र ४० फुट चौडाईको योगा हलमा स्टोर रुम समेत निर्माण गरिएको छ । २ तले योग भवन निर्माणका लागि गोदावरी नगरपालिकाले डिजाईन गरेको भएपनि हाल बजेट अभावका कारण एक तला मात्रै निर्माण गरिएको हो ।

यसअघि पनि सोहि ठाउँमा योग हलको भवन भएपनि टिनको छाना भएको उक्त भवनको आधा भाग भत्काएर नयाँ भवन निर्माण गरिएको हो । भवन निर्माण संगै अत्तरिया क्षेत्रमा गरिने कार्यक्रम संचालनका लागि पनि सहज हुने बताईएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.