दार्चुला घटना : छानबिन समितिको म्याद सात दिन थप

 

सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ । साउन १७ गते गठित समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिएको थियो । समितिले प्रतिवेदन बुझाउन नसक्दा सात दिन म्याद थपिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

Karma Consultancy
belauri nagarpalika

‘सरकारले दिएको समयसीमाभित्र प्रतिवेदन बुझाउन नसक्दा सात दिन म्याद थप गरिएको होे’, उनले भने, ‘समितिले १० दिन म्याद थप्नुपर्ने बताए पनि सरकारले  सात दिनमात्रै थप गरेकोे होे ।’

citizen security services

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकालीको तुइन काटिदिँदा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । महाकालीमा बेपत्ता भएका धामीको ड्रोनको सहायताबाट खोेजी कार्य भइरहेकोे छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.