पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी – लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग खुलाइएको छ । राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो ।

maya metro hospital

दुईवटा जेसीबी प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन् ।

पहिरो पन्छाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालमा आएको र रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले जानकारी दिए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.